काठमाडौँ– प्रविधिको उच्चतम विकास भइरहेको अवस्थामा अहिलेसम्म विश्वका ८ अर्ब जनसङ्ख्यामध्ये ६६ प्रतिशत मानिसहरुसम्म इन्टरनेटको पहुँच पुगेको छ ।
यसअनुसार हाल विश्वभरका ५ अर्ब ३५ करोड मानिसहरुसँग इन्टरनेटको पहुँच छ । यो सङ्ख्या सन् २०२९ सम्म ७ अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ ।
औसतमा एक जना इन्टरनेट प्रयोगकर्ताले दैनिक साढे ६ घण्टा अनलाइनमा बिताउँछन् । ग्लोबल वेब इन्डेक्सका अनुसार सबैभन्दा धेरै १६ देखि २४ वर्ष उमेर समूहका इन्टरनेट प्रयोगकर्ताले ५५ देखि ६४ वर्ष उमेर समूहका प्रयोगकर्ताभन्दा अढाई घण्टा धेरै इन्टरनेट चलाउँछन् ।
हालसम्म १५ देखि २४ वर्ष उमेर समूहका संसारका ७५ प्रतिशत जनसङ्ख्यासँग इन्टरनेटको पहुँच छ ।
तुलना गर्दा २५ वर्षभन्दा बढी उमेर समूहका ६५ मानिसहरुसँग मात्र इन्टरनेटको पहुँच छ । साँच्चै भन्दा इन्टरनेटको गतिले यसको गुणस्तर निर्धारण गर्छ । संसारमा सबैभन्दा तीव्र गतिको इन्टरनेट कुन देशमा चल्छ ? इन्टरनेटको गति मापन गर्ने स्पिडटेस्टले ब्रोडब्याण्ड प्रविधिबाट सबैभन्दा तीव्र गतिमा इन्टरनेट चल्ने देशहरुको सूची सार्वजनिक गर्दै आएको छ ।
आखिर संसारमा सबैभन्दा तीव्र गतिमा इन्टरनेट चल्ने १० देशहरु कुन कुन होलान् ? आज हामी स्पिडटेस्टको सूचीका आधारमा संसारमा सबैन्दा तीव्र गतिमा इन्टरनेट चल्ने १० देशको चर्चा गर्न चाहन्छौँ ।
सिङ्गापुर
संसारमा सबैभन्दा तीव्र गतिमा इन्टरनेट चल्ने देशको सूचीमा सिङ्गापुर शीर्ष स्थानमा रहेको छ । सिङ्गापुरमा ९६ प्रतिशत व्यक्तिमा इन्टरनेटको पहुँच छ । स्पिडटेस्टका अनुसार सिंगापुरमा इन्टरनेटको ‘डाउनलोड’ गति २८५.०२ मेगाबिट्स प्रतिसेकेण्ड रहेको छ । त्यस्तै, ‘अपपलोड’ गति भने २४०.६७ मेगाबिट्स प्रतिसेकेण्ड रहेको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)
सबैभन्दा तीव्र गतिको इन्टरनेट हुने मुलुकको सूचीमा यूएई दोस्रो स्थानमा परेको छ । यूएईका ९९ प्रतिशत मानिसहरुमा इन्टरनेटको पहुँच रहेको छ । यूएईमा इन्टरनेटको ‘डाउनलोड’ गति २८३.३४ मेगाबिट्स प्रतिसेकेण्ड रहेको छ । त्यसैगरी, ‘अपलोड’ गति भने १३४.९५ मेगाबिट्स प्रतिसेकेण्ड रहेको छ ।
हङकङ
संसारमा सबैभन्दा तीव्र गतिमा इन्टरनेट चल्ने देशको तेस्रो स्थानमा हङकङ रहेको छ । हङकङका ९५.६ प्रतिशत मानिसहरुमा इन्टरनेटको पहुँच रहेको छ । हङकङमा इन्टरनेटको ‘डाउनलोड’ गति २७१.०५ मेगाबिट्स प्रतिसेकेण्ड रहेको छ । त्यसैगरी, ‘अपलोड’ गति भने १८८.६० मेगाबिट्स प्रतिसेकेण्ड रहेको छ ।
चिली
संसारमा सबैभन्दा तीव्र गतिमा इन्टरनेट चल्ने देशको चौथो स्थानमा चिली रहेको छ । चिलीका ९१ प्रतिशत मानिसहरुमा इन्टरनेटको पहुँच रहेको छ । चिलीमा इन्टरनेटको ‘डाउनलोड’ गति २६३.३२ मेगाबिट्स प्रतिसेकेण्ड रहेको छ । त्यसैगरी, चिलीमा ‘अपलोड’ गति भने १७४.९८ मेगाबिट्स प्रतिसेकेण्ड रहेको स्पिडटेस्टले जनाएको छ ।
अमेरिका
संसारमा सबैभन्दा तीव्र गतिमा इन्टरनेट चल्ने देशको पाचौँ स्थानमा अमेरिका छ । अमेरिकाका ९७.१ प्रतिशत मानिसहरुमा इन्टरनेटको पहुँच रहेको छ । अमेरिकामा इन्टरनेटको औसत ‘डाउनलोड’ गति २४४.६८ मेगाबिट्स प्रतिसेकेण्ड रहेको छ । त्यसैगरी, ‘अपलोड’ गति भने केबल ३४.३८ मेगाबिट्स प्रतिसेकेण्ड रहेको छ ।
आइसल्याण्ड
संसारमा सबैभन्दा तीव्र गतिमा इन्टरनेट चल्ने देशहरुको सूचीमा आइसल्याण्ड छैठौँ स्थानमा रहेको छ । आइसल्याण्डका ९९ प्रतिशत मानिसहरुमा इन्टरनेटको पहुँच रहेको छ । आइसल्याण्डमा इन्टरनेटको औसत ‘डाउनलोड’ गति २४२.०३ मेगाबिट्स प्रतिसेकेण्ड रहेको छ । त्यसैगरी, आइसल्याण्डमा ‘अपलोड’ गति भने २२७.८२ मेगाबिट्स प्रतिसेकेण्ड रहेको स्पिडटेस्टले जनाएको छ ।
फ्रान्स
संसारमा सबैभन्दा तीव्र गतिमा इन्टरनेट चल्ने देशहरुको सूचीमा फ्रान्स सातौँ स्थानमा रहेको छ । फ्रान्सका ९३.८ प्रतिशत मानिसहरुमा इन्टरनेटको पहुँच रहेको छ । त्यहाँ इन्टरनेटको औसत ‘डाउनलोड’ गति २३२.३० मेगाबिट्स प्रतिसेकेण्ड रहेको छ । त्यसैगरी, ‘अपलोड’ गति भने १७०.०१ मेगाबिट्स प्रतिसेकेण्ड छ ।
थाइल्याण्ड
संसारमा सबैभन्दा तीव्र गतिमा इन्टरनेट चल्ने देशहरुको सूचीमा थाइल्याण्ड आठौँ स्थानमा रहेको छ । थाइल्याण्डका ८८ प्रतिशत मानिसहरुमा इन्टरनेटको पहुँच रहेको छ । थाइल्याण्डमा इन्टरनेटको औसत ‘डाउनलोड’ गति २३०.९८ मेगाबिट्स प्रतिसेकेण्ड छ । थाइल्याण्डमा ‘अपलोड’ गति भने १९८.६४ मेगाबिट्स प्रतिसेकेण्ड रहेको स्पिडटेस्टले जनाएको छ ।
डेनमार्क
संसारमा सबैभन्दा तीव्र गतिमा इन्टरनेट चल्ने देशहरुको सूचीमा डेनमार्क नवौँ स्थानमा छ । डेनमार्कका ९९ प्रतिशत मानिसहरुमा इन्टरनेटको पहुँच रहेको छ । त्यहाँ इन्टरनेटको औसत ‘डाउनलोड’ गति २२४.८२ मेगाबिट्स प्रतिसेकेण्ड छ । त्यसैगरी, ‘अपलोड’ गति भने १३२.८२ मेगाबिट्स प्रतिसेकेण्ड रहेको स्पिडटेस्टले जनाएको छ ।
चीन
संसारमा सबैभन्दा तीव्र गतिमा इन्टरनेट चल्ने १० देशहरुको सूचीको पुछारमा चीन रहेको छ । चीनका ७७.५ प्रतिशत मानिसहरुमा इन्टरनेटको पहुँच छ । चीनमा इन्टरनेटको औसत ‘डाउनलोड’ गति २२३.५७ मेगाबिट्स प्रतिसेकेण्ड छ । त्यसैगरी, चीनमा ‘अपलोड’ गति भने केबल ३७.३८ मेगाबिट्स प्रतिसेकेण्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया