काठमाडौँ – ‘आईशोस्पिड’ नामबाट चर्चित युट्युबर एवं स्ट्रिमर ड्यारिन ज्यासन वाट्किन्स जुनियरमाथि युट्युबले अस्थायी प्रतिबन्ध लगाएको छ ।
लाइभ भिडिओमै दुई ओटा गाडीमाथि कुदेर स्टण्ड देखाएपछि उनीमाथि युट्युबले कारबाही गरेको हो । उनले तीन दिन पहिले युट्युबमा लाइभ भिडिओमार्फत लगातार ल्यामबोर्गेनी र म्याकल्यारेन कारमाथि कुदेको देखाएका थिए ।
उनको सो लाइभ भिडिओ युट्युबमा भने उपलब्ध छैन । त्यसको छोटो भिडिओ उनले इन्स्टाग्राममा राखेका छन् ।
यसअघि रोनाल्डोको लोगो भएको तीव्र गतिमा चलेको ल्यामबोर्गेनीमाथि कुदेको भिडिओ सामाजिक सञ्जालका विभिन्न माध्यममा राखेका उनीमाथि यो नक्कली भएको आरोप लागेको थियो । फलतः : आफूलाई प्रमाणित गर्न उनले लाइभ मै सो स्टण्ड दोहोर्याएका थिए ।
उनका अनुसार अहिले उनी युट्युबमा लाइभस्ट्रिम गर्न वा भिडिओ अपलोड गर्न असमर्थ छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया