काठमाडौं – आज २०८१ साल साउन १९ गते शनिबार सन् २०२४ अगष्ट ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
शनिबार अमेरिकी डलर, युरो र कतारी रियालको विदेशी विनिमय दर बढ्दा बेलायती पाउण्डको विनिमय दर घटेको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ४६ पैसा र बिक्री दर १७१ रुपैयाँ २३ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया