काठमाडौँ– नेपाली बजारमा सुनको भाउ प्रतितोला डेढ लाख पुगेको छ । शुक्रबार प्रतितोला ५०० रुपैयाँ बढेसँगै सुनको भाउ एक लाख ४९ हजार ९०० रुपैयाँ पुगेको छ ।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार हुँदै आएको थियो । शुक्रबार भाउ बढेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेको थियो ।
चाँदीको भाउ प्रतितोला १७९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँ घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया