काठमाडौं – आज २०८१ साल साउन १७ गते बिहीबार सन् २०२४ अगष्ट १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बुधबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमय दर घट्दा युरोको विनिमय दर भने सामान्य अंकमा बढेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७० पैसा र बिक्री दर १७२ रुपैयाँ ४७ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया