मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज नेप्से ३५ अङ्कले बढ्यो, चार करोडको कारोबार

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ आज ३५ अङ्कले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार ‘नेप्से’मा ३५ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६ सय ९६ दशमलव ६५ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा होटल, फाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज प्रोग्रेसिभ फाइनान्स, वरुण हाइड्रोपावर, सञ्जीवनी जलविद्युत्, नेपाल वेयरहाउजिङ, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

यस्तै अरू ६ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन एशियन हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज तीन सय २९ वटा कम्पनीका चार करोड तीन लाख कित्ता शेयर १७ अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको ६० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?