काठमाडौँ– लेखक सुनल चुदालीको पुस्तक ‘युवाको इतिहास’ सार्वजनिक गरेको छ । एक कार्यक्रमको आयोजना गरी युवा अभियानकर्मी चुदालीले आफ्नो नयाँ पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तकमा युवा आन्दोलन तथा परिवर्तनका लागि युवाहरूको भूमिका समेटिएको लेखकले जनाएको छ । पुस्तक आठराई प्रकाशनले प्रकाशन गरेको हो । लेखकले पुस्तक निशुल्क रुपमा ग्रामीण क्षेत्रका विद्यालय र पुस्तकालयमा पनि वितरण गर्ने अभियान चलाएका छन्।
यसअघि पनि उनले भूकम्प, नाकाबन्दी, कोरोना महामारी लगायतका जटिल अवस्थामा विभिन्न जिल्लामा पुगेर युवाहरूलाई सहयोग प्रदान गर्दैआएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया