काठमाडौँ– सोमबार नेपाली बजारमा सुनको भाउमा प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बढेसँगै प्रतितोला एक लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको प्रतितोला एक लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै गरी चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १७५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया