काठमाडौँ – बलिउड अभिनेता रणवीर कपुर आगामी फिल्म ‘रामायण’मा ‘राम’को भूमिकामा देखिँदै छन् ।
नितिश तिवारीको निर्देशन रहने उक्त फिल्ममा रामको भूमिका निर्वाह गर्न हिन्दु धर्मसँग सम्बन्धित किताबहरू पढ्दै गरेको उनले बताएका छन् ।
यसबारे निखिल कमातसँगको अन्तर्वार्तामा कुराकानी गर्दै उनले किताबहरू पढ्दै जाँदा धर्मप्रति झन् विश्वास बढेको बताएका हुन् ।
योसँगै सनातन धर्ममा धेरै विश्वास गर्न थालेको तथा गहिराइमा बुझ्दै जाँदा यसको महत्त्व थाहा पाएको समेत उनले बताएका छन् । उनले आफ्नो बुबा पनि धर्ममा विश्वास राख्ने बताउँदै उनले भगवानप्रति विश्वास बाल्यकालदेखि नै रहेको उनले सेयर गरेका हुन ।
आफू सानो हुँदा बुवा (ऋषि कपुर)ले दैनिक पूजा गर्ने हुँदा भगवानप्रति विश्वास बढेको उनी स्मरण गर्छन् । भन्छन्, ‘आमा–बुबालाई सन्तानले पछ्याउँछन् । सोहीकारण ममा पनि भगवानप्रति राम्रो भावना विकास भयो ।’
सो अन्तर्वार्तामा उनले धार्मिक आस्थासँग जोडिएको केही किस्साहरू पनि सेयर गरेका छन् । बाल्यकालमा नै ‘भगवानलाई पुकारेर मागेको कुरा पूरा हुने शक्ति’ आफूमा बलियो रहेको महसुस भएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया