काठमाडौँ – थेसिस बुझाउन बाँकी रहेका विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले अन्तिम मौका दिएको छ ।
त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले निर्णय अनुसार त्रिविले यो कदम चालेको हो ।
२५ पुसमा बसेको प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले २०५८ सालपछि थेसिस, टर्मपेपर, प्रोजक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पूरा नगरेका परीक्षार्थीलाई एक पटकका लागि थेसिस बुझाउन मौका दिने निर्णय गरेको थियो ।
यही निर्णयअनुसार परीक्षार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरिएको त्रिविले जनाएको छ।
हेर्नुहाेस सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया