कतिपय घर वा कार्यालयमा धातुले बनेको कछुवा राखेको पाइन्छ । हिन्दु धर्म र वास्तुशास्त्रका अनुसार घरमा कछुवा राख्नुलाई निकै शुभ मानिन्छ ।
धार्मिक मान्यता अनुसार कछुवालाई भगवान् श्री विष्णुको एक अवतारका रूपमा पनि लिइन्छ ।
भगवान् विष्णुले कछुवाको रूप धारण गरेर समुद्र मथनको क्रममा मन्दराचल पर्वतलाई आफ्नो कवचमा उठाए थिए । त्यसैले कछुवाको जहाँ बास हुन्छ त्यहाँ धनकी देवी लक्ष्मीको बास हुन्छ भन्ने मान्यता परम्परादेखि चलिआएको छ ।
कछुवा राख्नाले घर वा कार्यालयमा सकारात्मक ऊर्जा प्रवाह हुनुका साथै घरमा खुसी, समृद्धि छाउने जनविश्वास छ ।
वास्तु शास्त्र अनुसार घरमा धातुको कछुवा राखेमा आयु र आत्मविश्वास बढाउँछ भन्ने मान्यता छ । कछुवालाई धन प्राप्तिको सूचक पनि मानिन्छ ।
कछुवा कस्तो स्थानमा राख्ने ?
कछुवालाई घरको धेरै जसो आफूले समय बिताउने ठाउँमा राख्नु पर्छ । पानी भरिएको कचौरामा उत्तर दिशामा राख्नु पर्छ ।
उत्तर दिसामा कछुवा राख्नाले धनको लाभ र शत्रुहरूको नास गर्ने र परिवारका सदस्यहरूको आयु लामो हुनुका साथै सुरक्षित रहने विश्वास गरिन्छ ।
घरको मुख्य प्रवेशद्वारमा कछुवाको तस्वीर राख्नाले परिवारमा शान्ति कायम रहने र सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास छ ।
वास्तुशास्त्र अनुसार कुनै पनि व्यवसायीले आफ्नो व्यवसाय गर्ने स्थानको प्रवेशद्वारमा वा मूल ढोकामा कछुवाको तस्वीर राख्दा व्यवसायमा सफलता र धन लाभ हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया