मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्याज काट्दा आउने आँसुले आँखालाई हानि गर्छ कि गर्दैन ?

हाम्रो भान्सामा सदैव प्रयोग हुने खानेकुरा हो प्याज । तरकारी,अचार लगायत अन्य विभिन्न परीकारहरूमा प्याजको प्रयोग गरिन्छ ।

अर्को कुरा प्याज काट्दा पिरो भएर आँखाबाट आँसु नै आउँछ । यस्तो किन हुन्छ त ? यो विषयमा भने हामी जानकार छैनौ । अनि यस्तो पक्रियाले हाम्रो आँखामा हानी गर्छ की गर्दैन यही सन्दर्भमा आज हामी तपाईँलाई जानकारी गराउँछौ । 

प्याजको प्रत्येक पत्रमा एमिनो एसिड र सल्फोनिक एसिड नामक केमिकल हुन्छ । प्याज काट्दा यी दुवै केमिकल मिश्रण भएर सल्फर ग्यास बन्छ । र यो ग्यास हाम्रो आँखामा पुग्छ । आँखाको पानीसँग ती केमिकल मिल्दा अर्को एसिड बन्छ सल्फर । त्यही सल्फर एसिडका कारण प्याज काट्दा हाम्रो आँखाबाट आँसु आउने आँखा विशेषज्ञहरू बताउँछन् । 

अब कुरा आउँछ यसले असर गर्छ कि गर्दैन ?

प्याजको रागले आँखा पोल्छ । तर, भित्री असर भने खासै गर्दैन । बिहान बेलुकी घरमा खाना बनाउन प्रयोग गरेको प्याजले अलिअलि आँखा पोल्छ, आँसु आउँछ, खासै असर भने गर्दैन, तर धेरै नै प्याज काट्नुपर्‍यो भने केमिकलको मात्रा बढेर आँखा रातो हुन्छ । भित्री समस्या पनि देखिन्छ ।

आँखा धेरै नै पोल्यो भने सफा पानीले धुनुपर्छ । आँखा मिच्नु भने हुँदैन । यसकारण प्याज काट्नुभन्दा अगाडि प्याजलाई पानीमा ३ मिनेट जति डुबाउँदा प्याजमा भएको केमिकल हुन्छ अथवा प्याज काट्दा चस्माको प्रयोग गर्नाले प्याजमा भएको केमिकल प्रत्यक्ष रूपमा आँखामा नपर्ने चिकित्सकहरू बताउँछन् ।

यसकारण धेरै परिमाणमा प्याज काट्नुहुन्छ भने यस्ता सजगता अपनाउनुहोला । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?