काठमाडौँ– मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । यसै गरी चाँदीको मूल्य १ हजार ७ सय ९० रुपैयाँ छ ।
यसअघि साउन २ गते सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सो हालसम्मकै उच्च मूल्य हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया