मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ : हरिबंश आचार्य

काठमाडौँ – हास्य कलाकार हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको पुष्टि भएको छ । आचार्यले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफ्नो हालको अवस्था सामान्य रहेको बताएका छन् ।

उनले ‘शनिवार हिमगिरी प्रालि उद्योगको आतिथ्यमा मदन दाइ र म विराटनगर आएका थियौँ,’ उनले लेखेका छन्, ‘अचानक नाकबाट रगत बगेर होटेल नजिकै भएको सप्तकोसी अस्पताल पुगेँ र त्यहाँबाट विराट नर्सिङ होम इएनटी डिपार्टमेन्टमा उपचार हुँदैछ र म सामान्य अवस्थामा छु ।अस्पताल पुग्दा मेरो ब्लड प्रेसर सामान्यै थियो।’

उनले भनेका छन्, ‘धेरैलाई हाई ब्लड प्रेसरको कारण होकि भन्नेले चिन्तित तुल्याएछ । नाकभित्रको सानो नसा फुटेको रहेछ र त्यसलाई टाल्ने काम भईसकेको छ र अहिले सामान्य अबस्थामा स्वास्थ लाभ गरिरहेकोछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?