मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रौतहटमा  सालको गोलिया काठसहित सफारी गाडी बरामद

रौतहट– सशस्त्र प्रहरी र बन सुरक्षा टोलीले रौतहटको गुजारा नगरक्षेत्र अन्तर्गत अबैध सालको गोलिया काठ सहित भारतीय नम्बरको सफारी गाडी बरामद गरेको छ ।

बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको अस्थाई बेस हरिनगरका प्रमुख सई कृष्णनन्दन यादवको कमाण्डमा  सव डिभिजन बन कार्यालय जंगलसहियाबाट गएको संयूक्त टोलीले आज बिहान गुजरा ४ लालबकैया नदी किनार बाट उक्त काठ सहितको सफारी गाडी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको एचपी ३१ सी ०७३३ नम्बरको सफारी गाड़ीमा जंगलबाट अबैध चोरीलुकी ल्याईएको ५ थान सालको गोलिया २० क्युबिफिट काठ बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन। बरामद काठ र गाडी सहितको कुल १५ लाख ६० हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि सव डिभिजन बन कार्यालय जंगलसहियामा बुझाईएको सशस्त्र प्रहरी द्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?