काठमाडौँ – फिल्म ‘घरज्वाइँ’ रोधिं संस्कृतिसँग सम्बन्धित संवाद र दृश्यहरूका कारण विवादमा तानिएको छ ।
रोधिंलाई नकारात्मक वा भ्रामक रूपमा प्रचार गरिएको भन्दै गुरुङ समुदायको संस्था तमु धिं नेपालले यसमाथि प्रश्न उठाएको हो ।
‘रोधिं गुरुङ समुदायको पवित्र एवं सामाजिक सामुदायिक संस्कृति भएको, सम्मानजनक र जिम्मेवार साथै सिक्ने सिकाउने, श्रम विभाजन गर्ने, सामुदायिक निर्णय गर्ने, दुःखसुख आदानप्रदान गर्ने, थिति निर्माण गर्ने सामाजिक धरोहरलाई कोही कसैले कुनै प्रसङ्गमा गलत प्रयोग, प्रस्तुति र प्रचार नगर्न अनुरोध गर्दछौँ ।’अध्यक्ष हुम गुरुङको हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ ।
संस्थाले रोधिंको सट्टा फिल्म छायाङ्कन, कथा, विषयवस्तु केन्द्रित क्षेत्रकै शब्दावली प्रयोग गर्न सुझाव संस्थाले दिएको छ भने सम्पादन गर्न समेत भनेको छ ।
त्यस्तै आगामी दिनमा संस्कृति, सभ्यता, मौलिकता, ऐतिहासिकतासँग सम्बन्धित फिल्मको प्रस्तुति गर्नु पूर्व सम्बन्धित समुदायसँग समन्वय गर्न गराउन समेत चलचित्र विकास बोर्ड र सेन्सर बोर्डलाई आग्रह गरेको छ ।
अनिल बुढा मगर निर्देशित तथा पूर्वी रुकुमको मगर बस्ती तकसेरामा छायाङ्कन गरिएको फिल्म ‘घरज्वाइँ’ अहिले हलमा प्रदर्शन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया