मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रिल बनाउँदा झरनामा खसेर युवतीको मृत्यु

काठमाडौँ – भारतको महाराष्ट्रको रायगढ जिल्लाको कुम्भे झरना नजिकै साथीहरूसँग घुम्न गएकी अन्वी कामदार नामकी युवतीको खाल्डोमा खसेर मृत्यु भएको छ ।

मुम्बई निवासी अन्वी कामदार महाराष्ट्रको रायगढमा रहेको कुम्भे झरना हेर्न गएकी थिइन् । इन्स्टाग्राम रिल बनाउनेक्रममा झरना नजिक गएकी अन्वी ३ सय फिट गहिरो खाल्डोमा चिप्लिएर खसेकी थिइन् । 

२७ वर्षीय अन्वी कामदार  सामाजिक सञ्जालमा सक्रिय रहेकी थिइन् भने उनका इन्स्टाग्राममा दुई लाखभन्दा बढी फलोअर्स छन् । चार्टड एकाउन्टेन्ट समेत रहेकी अन्वी ट्राभलर ब्लगर समेत रहेको बताइएको छ ।

कुम्भे झरनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अन्वी जुलाई १६ मा आफ्ना साथीहरूसँग घुम्न गएकी थिइन् । प्रहरीले जुलाई १६ को बिहान ९ बजेतिर चिप्लो सडकका कारण अन्वीको खुट्टा चिप्लिएर झरनामा खसेको बताएको छ ।

 घाइते अवस्थामा रहेकी अन्वीलाई करिब ६ घण्टापछि  निकालिएको र तुरुन्त अस्पताल पुर्‍याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?