काठमाडौँ – बेलायती गायिका एडेलले सङ्गीतबाट ब्रेक लिने भएकी छिन् ।
यो सन्यास हैन । बरु एक पछि अर्को गर्दै कन्सर्टहरू गरेपछि थाकेकी उनले लिन लागेको छोटो ब्रेक हो । यतिबेला आफूसँग नयाँ गीतको कुनै योजना पनि नभएको उनले बताएकी छिन् ।
यी सबै पछि आफूले लामो ब्रेक चाहेको र केही समय अरू नै सृजनात्मक काम गर्न चाहेको पनि उनको भनाइले समेत यो ब्रेकको अर्थ लगाउन सकिन्छ ।
गायिकाको पछिल्लो एल्बम सन् २०२१ मा आएको थियो । गएको २ वर्षयता लास भेगासमा सप्ताहान्तमा कन्सर्ट गर्दै आएकी उनले यसको अन्तिम कन्सर्ट नोभेम्बरमा गर्ने छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया