मान्छेले जस्तै पशुपक्षीले पनि आफ्ना बच्चालाई खुब माया गर्छन् । ठूलाठूला समूहमा पनि तिनले आफ्ना बच्चालाई चिन्छन् । आखिर पशुपक्षीले आफ्ना बच्चालाई कसरी चिन्छन् त ?
पशुपक्षीले आफ्ना बच्चा चिन्न विभिन्न विधि अपनाउँछन् । कुनै जनावरले बच्चा जन्मनासाथ राम्ररी चाटेर सफा गर्ने गर्छन् । त्यही बेलाको विशेष रासायनिक पदार्थको आधारमा तिनले पछिसम्म पनि आफ्नो बच्चा पहिल्याउने गर्छन् ।
कतिपय जनावरले चाहिँ आफूले बोलाउँदा प्रत्युत्तरमा आउने बच्चाको ध्वनिबाट आफ्नो बच्चा हो या होइन छुट्याउँछन् ।
जीवजन्तुमा एक किसिमको सञ्चार हुन्छ जसलाई ‘जनावर सञ्चार’ (Animal Communication) भनिन्छ । यही सञ्चार नै बच्चा चिन्ने एउटा तरिका हो ।
धेरैजसोले देखेर नै आफ्नो बच्चा चिन्छन् । समूह वा झुण्डमा रहने कतिपय पशुपक्षीले आफ्ना बच्च नचिन्न पनि सक्छन् । तर, धेरै जसोले आफ्नो बच्चा चिन्ने र विशेष मायालु व्यवहार देखाउने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया