मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिमलताल दुर्घटना: अहिलेसम्म १८ जनाको शव भेटियो, ९ जनाको सनाखत

चितवन – नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका १८ जनाको शव फेला परेको छ ।

चितवन प्रहरीका अनुसार अहिले नारायणी नदी किनारमा शव भेटिने क्रम जारी रहेको छ । अहिलेसम्म शवहरू घटना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेजसम्म पुगेको पाइएको छ । 

अहिलेसम्म १८ जनाको शव फेला परेकोमा ९ जनाको मात्र सनाखत भएको छ । सनाखत भएका तीन यात्रु भारतीय रहेको र ६ जना नेपाली नागरिक रहेको खुलेको छ ।

जसमा त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । उनीहरू दुवैको शव घटना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको सनाखत मंगलबार उनीहरूका परिवारले गरेका हुन् ।

 त्रिशूली नदीमा बससँगै बेपत्ता रहेका अझै ४४ यात्रुको अवस्था अज्ञात रहेको छ भने दुवै बस अहिलेसम्म भेटिएका छैन । नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोलीले त्रिशूली नदीमा बस खोज्ने क्रम जारी राखेको छ ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेकोमा तीन जनाले ज्यान बचाउन सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?