काठमाडौँ – साउनको २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’ टिमले दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ ।
खल्ती एपबाट टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरबाट टिकट काट्ने ७ जनालाई सुनको मोतीवाला चन्द्रहार उपहार दिने फिल्म प्रस्तुतकर्ता नारायण खातीले घोषणा गरेका हुन् ।
झन्डै ७० वर्ष अगाडि घर–घरमा पुगेर सुनको गहना बनाउनेको कथामा बनेको फिल्म भएकै कारण यस्तो अफर ल्याएको उनले बताए । उपहारका विजेता लक्की ड्र मार्फत सार्वजनिक गरिनेछ ।
फिल्ममा नम्रता सापकोटासहित गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी लगायतका कलाकारको अभिनय छ ।
सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको यो फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।
त्यस्तै समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको एक्सन, गौतमराज खड्काको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया