मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतीय क्रिकेट टीमको कप्तानको लागि कस्को दाबेदार ?

काठमाडौँ– भारतीय क्रिकेट टिमका कप्तान रोहीत शर्माले टी २० वल्र्ड कप २०२४ को ऐतिहासिक जीत पछि टी २० इन्टरनेशनल क्रिकेटबाट सन्यास लिए । उनले सन्यास लिएसँगै दुई जनाको विकल्पको खोजी भइरहेको छ । एक खेलाडी जसले रोहीतले जस्तै ब्याटर ओपनरमा गर्न सकोस् ।

अर्को रोहीतको बिना पनि टी २० इन्डिडाको कप्तानीेको जिम्मेवारी लिन सकोस् । साथै दुई वर्षपछि सक्षम हुन सकोस् । यस विषयमा भारतीय क्रिकेट टिममा चर्चा चलिरहेको छ । पूर्व विकेटकिपर सबा करीमले कप्तानीको लागि दुई जना दाबेदारको नाम बताउँदै आएका छन् ।

टी २० वल्र्ड कपमा हार्दिक पाण्डेय टीमको उप कप्तान थिए । सन् २०२२ मा भएको टी २० वल्र्ड कप २०मा रोहीत र विराटले आराम लिएका थिए । सो समयमा पाण्डेयले कप्तानीको भूमिका निभाएका थिए । पूर्व विकेटकीपर सबाले कप्तानको उनको नाम पनि लिएका छन् । उनीसँगै अकाए धुरन्धरलाई पनि कप्तानको दावेदारको रुपमा लिँदै आएको छ ।

पाण्डेय पहिलो विकल्प
पूर्वविकेट किपर सबाले भारतीय सञ्चार माध्यम सोनी स्पोर्ट्समा कुराकानी गर्दै पाण्डेयलाई टी २० मा कप्तानको लागि विकल्पको रुपमा लिन सक्ने बताएका छन् । तर सूर्यकुमार यादवलाई पनि नजर अन्दाज गर्न नसक्ने बताउँदै आएका छन् । उनले सूर्यकुमारलाई पनि टी २० को कप्तानको लागि विकल्पको रुपमा लिन सक्ने बताउँदै आएका छन् ।

सबाले भनेका छन्, ‘पाण्डेय आधिकारिक रुपमा कप्तान बन्नु पर्छ । किनकी उनले टी २० वल्र्ड कप २०२४ मा टीमको उप कप्तान बनेका थिए । उनले पहिले पनि टीममा कप्तान भइसकेका थिए । मलाई लाग्छ अब आगामी टी २० वल्र्ड कपको तयारीको थालनी गर्नुपर्छ । जुन दुई वर्षपछि हुँदै छ ।’

विकल्पमा यी खेलाडी पनि
पूव विकेटकीपर सबाले पाण्डेयसँगै सूर्यकुमार यादवलाई पनि कप्तानको लागि विचार गर्नुपर्ने बताएका छन् । किनकि उनले अष्ट्रेलिया विरुद्धको घरेलु सिरिजमा टीमको कप्तानको भूमिका निभाएका थिए । भारतले उक्त सिरिजमा अष्ट्रेलियालाई हराएको थियो । यस सिरिजमा सूर्यकुमारले राम्रो भूमिका निभाएका थिए । त्यसैले उनलाई पनि एक विकल्पको रुपमा लिन सकिन्छ ।

सूर्य कुमारले भारतको लागि सात वटा टी २० खेलमा कप्तानको भूमिका निभाएका छन् । उसले पाँचौ खेलमा अष्ट्रेलिया विरुद्ध टीमको कप्तान सम्हालेका थिए । साथै साउथ अफ्रिकाविरुद्ध पनि दुई खेलमा उनले कप्तानको भूमिका निभाएका थिए । यसमध्ये भारतले पाँच वटा गेम जितेका थिए । यस्तै पाण्डेयले १६ वटा टी २० मध्ये कप्तान गरेकोमध्ये १० वटामा जितेका थिए ।

यसमा पनि ध्यान दिनुपर्ने
पूर्व विकेटकीपर सबाले भारती क्रिकेट टीमलाई अगाडि बढाउन सक्ने व्यक्तिलाई कप्तान बनाउनु पर्ने बताउँछन । कसले अगाडि लैजान सक्छ भन्नेबारे ध्यान दिनु पर्ने उनको भनाइ छ । सबाले भनेका छन्, ‘मलाई जहाँसम्म लाग्छ यो विषयमा चर्चा हुनु पर्छ । जो पनि टी २० मा टीम इण्डियाको कप्तान बन्छन् । उसले भारतीय क्रिकेटलाई अगाडि लैजान सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?