मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन निरन्तर बढिरहेको छ शेयर बजार? के डुबेका लगानीकर्ताले आफ्नो लगानी उठाउलान्?

काठमाडौँ– गत असार १७ गते मध्यरात दुई प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठनको सम्झौता गरेयता शेयर बजारमा उछाल आएको छ । लामो समयसम्म बढ्न नसकेको नेप्से परिसूचक पछिल्लो समय लगातार बढिरहेको छ ।

प्रमुख दुई राजनीतिक दलबीच नयाँ सरकार गठन गर्ने खबर सार्वजनिक भएलगत्तै असार १७ गते नै शेयर बजार मा त्यसको प्रभाव देखिन थाल्यो । असार १७ गते बजार १६ अङ्कले बढ्यो । १७ गतेयता १० दिन कारोबार भएकामा ९ दिन शेयर बजारमा हरियाली छाएको छ ।

गत २४ गते ४.६२ अङ्कले घट्नुबाहेक त्यसयता हरेक दिन नेप्सेमा लगातार वृद्धि देखिएको छ । १६ गते २०३७ रहेको नेप्से परिसूचक आइतबारसम्म २२५७ अङ्क पुगिसकेको छ । जुन २ सय २० अङ्कको वृद्धि हो ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढिरहेको छ । असार १७ गते शेयर बजारमा झण्डै ३ अर्बको कारोबार भएको थियो । त्यस दिन २ अर्ब ९२ करोड रुपैयाँ बराबर कारोबार भएकोमा गत बिहीबार ६ अर्ब ८१ करोड र आज ७ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

लगातार बढ्न थालेपछि नेप्से पछिल्लो एक वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बजार बन्द हुँदाको यो अङ्क ४ जेठ २०७९ यताकै सर्वाधिक हो ।

आइतबार २०१ कम्पनीको मूल्य बढ्दा ३६ कम्पनीको मूल्य घटेको छ भने ५ को मूल्य स्थिर छ । यस दिन बैंकिङ समूह समूह सबैभन्दा धेरै ३.७४ प्रतिशतले बढ्यो ।

विकास बैंक १.२०, जीवन बीमा २.०५, फाइनान्स १.३३, होटल तथा पर्यटन १.०७ र लगानी समूह १.३० र अन्य समूह १.९९ ले वृद्धि भयो । त्यसैगरी, हाइड्रोपावर ३.३०, उत्पादन २.६६, माइक्रोफाइनान्स ०.८२, निर्जीवन बीमा १.२६ र व्यापार समूह २.२१ प्रतिशतले वृद्धि भयो ।

कारोबार रकमका आधारमा जानकी फाइनान्स, एनआरएन, ग्लोबल आईएमईको संस्थापक, नेपाल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स कम्पनी अघि रहे ।

पुँजी बजार अर्थतन्त्रको ऐना भएकाले लगानीकर्ताले बलियो र स्थायी सरकार खोज्ने शेयर बजार विश्लेषकहरु बताउँछन् । दुई राजनीतिक दल मिलेर सरकार निर्माण गरेसँगै लगानीकर्ताको आत्मविश्वास फर्किएको छ ।

त्यसबाहेक अर्थ मन्त्रालय एमालेले पाउने भएपछि एमालेनिकट ठानिने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति आउने अपेक्षा गरिएको छ । यसकारण पनि लगानीकर्ता उत्साहित देखिएका छन् ।

शेयर बजारमा अब ‘बुल’ शुरु हुने हल्लासँगै लगानीकर्ताहरूले कारोबार रकम पनि बढाएका छन् भने बजारप्रति सकारात्मक देखिएका छन् ।

यसअघि बजार एकपटक ३२ सय विन्दुमा पुगेको थियो । उक्त समयमा शेयर बजारमा लगानी गरेका लगानीकर्ताले लामो समयदेखि आफ्नो लगानी रिकभर गर्न सकेका छैनन् । स्थायी सरकार बन्ने हल्लाले नेप्से परिसूचक ३ हजारको हाराहारीमा पुग्ने र पहिले लगानी गरेका लगानीकर्ताले पनि आफ्नो लगानी सुरक्षित गर्ने अपेक्षा गरिएको छ ।

अर्कातिर लामो समय कोरोना भाइरसको प्रभावले बिथोलेको अर्थतन्त्र अझै पनि नसुधारिएकाले यो बजार केही महिनामै ‘करेक्सन’ हुने सम्भावना पनि उत्तिकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?