काठमाडौँ- स्वास्थ्यका दृष्टिकोणबाट हेर्ने हो भने राति चाँडो सुतेर विहान चाँडै उठ्नु राम्रो मानिन्छ । तर, एक अनुसन्धान अनुसार बिहानपख दुई घन्टा बढी सुत्दा दिमाग दुईगुणा बढी चल्ने देखिएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार, २० मिनेट बढी सुत्ने मानिस पातला हुन्छन् । बढी सुत्दा शरीरको क्यालोरी डढ्छ अनि तौल बढ्न पाउँदैन ।
अलि बढी सुत्दा शरीरमा कार्बोहाइड्रेट्सको मात्रा घट्छ जसले गर्दा शरीरका कोशिकाहरूले झन् बढी काम गर्छन् । टन्न सुत्दा तपाईंले दिनमा कम्तीमा ३८५ क्यालोरीयुक्त भोजन गर्न सक्नुहुन्छ ।
अनि यसले गर्दा शरीरलाई मह, चिनी, सिरप र फल जस्ता कुरा पचाउन सहायता पुग्छ । नियमित समयभन्दा २० मिनेट बढी सुत्दा ठूलालाई मात्र नभई बच्चाहरूलाई पनि फाइदा हुन्छ ।
प्रत्येक व्यक्तिका लागि कम्तीमा आठ घन्टाको निद्रा आवश्यक हुन्छ । निद्रा पूरा गर्न नपाउँदा डिप्रेसन, टाइप २ डायबिटिज, अनिद्रा र एंग्जाइटी जस्ता रोग लाग्छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार, दिनदिनै आठ घन्टाबाहेक २० मिनेट मात्र थप सुत्दा पनि ताजा अनुभव गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया