मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विद्युत् आपूर्तिमा समस्या भएपछि २२ हजार ब्रोइलर कुखुरा मरे

नवलपुर ‘नवलपरासी’ – नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’ को विनयी त्रिवेणी गाउँपालिका–४ धारापानीमा करिब २२ हजार ब्रोइलर कुखुरा मरेका छन् । अन्नपूर्ण रिसर्च फार्म सेन्टरमा रहेका २२ हजार ब्रोइलर कुखुरा आज बिहान अचानक मरेका प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले शङ्कर टण्डनको फार्ममा रहेका ६० हजार ब्रोइलर कुखुरामध्ये २२ हजार मरेका जानकारी दिए । फार्मका तीनवटा कोठामा विद्युत् आपूर्तिमा समस्या भएपछि कुखुरा मरेका हुनसक्ने उनले बताए ।

“वातानुकुलित ‘एसी’ जडान गरिएको फार्ममा बिहीबार रातिदेखि विद्युत् आपूर्तिमा समस्या आएको रहेछ”, प्रनाउ पौडेलले भने, “अक्सिजनको कमी तथा गर्मीका कारण कुखुरा मरेको भन्ने सञ्चालकको भनाइ छ ।” टण्डनले पालेको कुखुराको बीमासमेत नभएको उनले बताए । 

“बीमा कम्पनीले सरकारबाट पाउनुपर्ने प्रिमियम नपाएपछि पक्षी बीमा रोकिएको रहेछ”, पौडेलले भने, “त्यसैले कुखुराको बीमा भएको देखिएन ।” फार्ममा रहेका अन्य धेरै कुखुरासमेत झोक्राइरहेको भन्दै ती कुखुरासमेत मर्नसक्ने सञ्चालकलाई उदृत गर्दै पौडेलले बताए । 

मरेका कुखुराको सङ्ख्या यकिन गर्न फार्म सञ्चालक, स्थानीय जनप्रतिनिधि र प्रहरीहरू खटिएका छन् । गर्मीका कारण वा कुनै रोगको सङ्क्रमणले ती कुखुरा मरेका हुन् सो बारे अनुसन्धान भइरहेको प्रनाउ पौडेलले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?