काठमाडौँ – अभिनेता रमेश उप्रेतीले मङ्सिरमा विवाह गर्ने भएका छन् । परिवारको प्रेसरका कारण बिहे गर्न लागेको बताएका उनले बिहे गर्न लागेको युवती नाम भने खुलेको छैन ।
यद्यपि फिल्म क्षेत्रभन्दा बाहिरकी युवतीसँग आफूले मागी विवाह गर्न लागेको बताएका उनले उनी अस्ट्रेलियामा बस्दै आएको भने खुलाएका छन् । उप्रेती विवाहबारे चाँडै विस्तृत जानकारी दिने तयारीमा समेत छन् ।
उनको पहिलो विवाह किरण राणासँग भएको थियो । पहिलो श्रीमानसँग डिभोर्स लिएर बसेकी किरणले रमेशसँग दोस्रो विवाह गरेकी थिइन् । रमेश र किरणको कुनै पनि सन्तान छैनन् ।
विवाहपछि रमेश अमेरिका भासिएका थिए । पछि किरण पनि उतै गइन् । करिब एक दशक अमेरिकामा बिताएर नेपाल फर्केका रमेश फेरि चलचित्र क्षेत्रमै सक्रिय छन् ।
रमेशको पछिल्लो फिल्म ‘ऐश्वर्या’ सुपरहिट भएको थियो । उनी चाँडै नयाँ फिल्मसहित फर्कने तयारीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया