काठमाडौँ – मनी लन्ड्रिङ मुद्दामा हाल जेलमा रहेका सुकेश चन्द्रशेखरले अभिनेत्री ज्याकलिन फर्नान्डेजको जन्मदिनमा १०० आइफोन–१५ बाँड्ने भएका छन् ।
एक पत्र लेख्दै उनले ११ अगष्टमा पर्ने ज्याकलिनको जन्मदिन सेलिब्रेसन गदै उक्त फोन बाँड्ने घोषणा गरेका हुन् । पत्रमा उनले ज्याकलिनको नाम जेएफएस अझैपनि आफ्नो निजी जेटमा लेखिएको बताएका छन् ।
‘बेबी गर्ल, म निकै उत्साहित छु । तिम्रो जन्मदिनको काउन्टडाउन सुरु भएको छ । तिम्रो जन्मदिन आउन ३० दिन मात्र बाँकी छ । म पर्खन सक्दिन । यो एक सेलिब्रेसन हो जसबाट म रमाउँछु । तिम्रो अनुहारको मुस्कान एक मात्र चिज हो । जसले मेरो मनलाई पगाल्छ ।’ मण्डोली जेलबाट जुलाई ९ मा पठाइएको पत्रमा सुकेशले लेखेका छन् ।
उनले केही दिनदेखि फिल्म किकमा रहेको ज्याकलिनको गीत ‘ह्याङओभर’ सुनेर नाचिरहेको समेत उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया