मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मौसम सुधार नभएसम्म रात्रि बस सञ्चालन रोक्न सांसद पाण्डेको माग

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले वर्षा जारी रहुन्जेल रात्रि बस सञ्चालन बन्द गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले मौसममा सुधार नभएसम्म कम्तीमा भाद्र १५ सम्म रात्रि बस सञ्चालनमा रोक लगाउन माग गरेका हुन् ।

उनले नारायणगढ -मुग्लिन सडकखण्डमा गएराती पहिरोमा परेर दुई यात्रीबस त्रिशूली नदीमा खसेको विषयमा तत्काल बसको खोजी र उद्धार गर्न माग गरेका थिए ।

सरकारले विपदबाट जोगाउन सरकारले पूर्वतयारी नगरेको बताउँदै तत्काल राहत र उद्धार गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?