काठमाडौँ– हिन्दु धर्म शास्त्रमा बार अनुसार फरक फरक भगवानको पूजा गर्नु पर्ने उल्लेख छ ।
जसअनुसार आज बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । बिहीबार को व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने प्रचलन छ ।
पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, लड्डु आदिको दान गर्नुपर्दछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ ।
वैवाहिक सुख प्राप्तिका लागि, गुरु बृहस्पतिको अनिष्ट फल निवारणका निम्ति तथा विद्या, पुत्र सन्तान एवं धन प्राप्तिका लागि बिहीबारको व्रत बसिन्छ ।
यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ । अझ त्यसदिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ। यो व्रत १३ महिना वा कम्तीमा ७ महिनासम्म लिनुपर्दछ भन्ने मान्यता छ।
व्रतको दिन स्नान गरेर शुद्ध भई पहेँलो कपडा लगाई ‘ॐ गुरवे नमः’ मन्त्र कम्तीमा ५ माला जप गर्नुपर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया