मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समीक्षा अधिकारीको ‘आगो’ बोलको गीत सार्वजनिक

काठमाडौँ– गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘आगो’ सार्वजनिक भएको छ। गायिका अधिकारीको एकल स्वरमा रहेको गीत बिहीबार ‘ईनाक्षी इन्टरटेन्मेन्ट’ युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतको म्युजिक भिडिओमा आश्मा विश्वकर्ममा फिचर्ड छिन् । नारी प्रधान गीतमा रमेशराज भट्टराईको संगीत र रमेश बिजीको शब्द रहेको छ । गीतलाई विश्वास नेपालले एरेन्ज गरेका छन् भने शान थापाको निर्देशन रहेको छ ।

जसमा राजीव घिमिरेले कोरियोग्राफी गरेका छन् । गीतमा अर्जुन तिवारी र टिमको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?