मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुधारिएको हो शेयर बजार?

करीब एक वर्षपछि नेप्से परिसूचक २२ सय अंक माथि, ७ अर्ब बढीको कारोबार

काठमाडौँ- सरकार परिवर्तनको सङ्केतसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २२ सय विन्दु पार गरेको छ ।

बिहीबार २९ दशमलब २१ विन्दुले उकालो लाग्दै नेप्से परिसूचक २२०४ दशमलब २१ विन्दुमा पुगेको हो । यसअघि गत साउन ७ गते कारोबार बन्द हुँदा सेयर बजारले २२ सय अंक नाघेको थियो ।

बिहीबार कारोबार रकममा पनि उच्च अंकको वृद्धि देखियो । बिहीबार ७ अर्ब ८ करोड रुपैयाँ बराबर शेयर कारोबार भएको छ । यसअघि बुधबार ५ अर्ब ७४ करोडको कारोबार भएको थियो । धितोपत्र बजारमा बिहीबार २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर ८७ हजार ८६ पटक किनबेच भए ।

यस दिन १५५ कम्पनीको शेयर उकालो लाग्दा ७८ वटा कम्पनी ओरालो लागे भने १२ कम्पनीका शेयर स्थीर रहे । सरकार परिवर्तनको सङ्केतसँगै केही दिनयता बजार उकालो लाग्दै आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विश्वासको मत लिँदैछन् । यद्यपि उनले विश्वासको मत पाउने सम्भावना भने छैन । यस्तोमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने देखिएका बेला शेयर बजारमा उछाल देखिएको हो ।

यस दिन जीवन बीमा समूहको उपसूचक बिहीबार ३.०६ प्रतिशतले बढ्यो भने भने बैंकिङ समूहको उपसूचक २.४२ प्रतिशत र हाइड्रोपावर समूहको उपसूचक १.४३ प्रतिशतले वृद्धि भयो । बलेफी हाइड्रोपावर ९.९९, सिटिजन सुपर ३० म्युचुअल फण्ड ९.९७, एनआइबिएल स्टेबल फण्ड ९.८३, जानकी फाइनान्स ८.७६ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ७.८२ प्रतिशतले कमाएका छन् ।

समाज लघुवित्त ४.५९, साधना लघुवित्त ४.५६, एनएमबी–५० ४.१३, सेञ्चुरी डिबेञ्चर ३.९१ र गुडबिल फाइनान्सको शेयर भने ३.८२ प्रतिशत घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?