मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फेरी विवादमा अभिनेत्री ज्याक्लिन

काठमाडौँ– बलिवुड अभिनेत्री ज्याक्लिन फर्नानडिस फेरी विवादमा परेकी छन् ।

ज्याक्लिनलाई भारतको प्रवर्तन निर्देशनालय (इडी)  ले फेरी बयानका लागि बोलाएपछि उनी विवादमा परेकी हुन् ।

ज्याक्लिनलाई इडीले आज मनि लाउन्ड्रिङ केसमा आज बयानका लागि बोलाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई कथित ठग सुकेश चन्द्रसेखरसँग जोडिएको मनि लाउन्ड्रिङ केसमा इडीले बयानका लागि बोलाएको बताइएको छ ।

ज्याक्लिनक पुर्वप्रेमी समेत रहेको बताइने सुरेशसँगको सम्बन्धका कारण ज्याक्लिनलाई पटक पटक इडीले बयान लिएको छ । यस अघि सुकेशबाट ज्याक्लिनले महँगो उपहार लिएको विषयमा पनि सोधपुछ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?