काठमाडौँ– ज्यो. पण्डित डा.रुद्रनाथ अधिकारीको सिर्जना रहेको तीन गीतको म्युजिक भिडियोहरु सार्वजनिक भएका छन् ।
गीतकार संघ नेपालको आयोजनामा पूर्व अर्थमन्त्री तथा कवि गीतकार एस.पी.कोइराला, संघका अध्यक्ष बसन्त वित्यासी थापा, अमल फाउन्डेसन बंगलादेशकी निर्देशक इस्रात करिम, नारायण गोपाल सङ्गीत कोष एवं तारादेवी स्मृति प्रतिष्ठानका अध्यक्ष दीपक केसी, म्यूजिक भिडियोका निर्देशक कृष्णदेव रुपाखेती लगायतको सहभागितामा राजधानीमा यही सोमवार गीतको म्युजिक भिडियोहरु सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएका गीतहरु ‘बुझ मायालु,’ ‘यसपालिको तिजमा’ र ‘यस्तै रहेछ भाग्य’ थिए । गीतकार आनन्द अधिकारीले तीनै वटा गीतबारे समीक्षा गरेका थिए । उनले गीतमा ज्योतिशास्त्र सँगै संस्कृति र मौलिकताको पक्ष समावेश भएको बताए ।
डा.अधिकारीले वैदिक परम्परादेखि नै सङ्गीतको शुरुवात भएको सुनाउँदै ज्योतिष शास्त्रलाई सङ्गीतको रुपमा ढालेको धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया