मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिरोमा परी त्रियुगामा एकको मत्यु, दुई जना गम्भीर घाइते

उदयपुर ‘गाईघाट’ – गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन् ।

गम्भीर भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तोरीबारीमा पहिरोले चार घर पुरेको छभने अन्य पाँच घर उच्च जोखिममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?