मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शोभा बढाउने मात्र होइन स्वास्थ्यरक्षा पनि गर्छ दुबोले

काठमाडौँ – सहज रूपमा पाइने दुबो धार्मिक कार्यमा प्रयोग गरिन्छ । यस्तै यसको औषधीय गुण पनि धेरै छ।

धेरै रोगको उपचारमा प्रयोग हुने हुँदा यसलाई दुबोलाई बहुगुणीय जडीबुटीको रूपमा चिन्ने गरिन्छ ।  तर के तपाईँलाई थाहा छ ? यो औषधीको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

आर्युवेदमा उल्लेख गरिएअनुसार दुबोलाई कसरी औषधिका रूपमा प्रयोग गर्न सकिन्छ जानौँ ।

– आयुर्वेदअनुसार ४०–५० ग्राम दुबोलाई कुटपिस गरी मिस्री पानीमा मिलाई ४५ दिनसम्म सेवन गर्नाले पिसाब थैलीको पत्थरी जाने मान्यता छ ।

– २–३ चम्चा दुबोको रसलाई दूधमा मिलाएर दिनको दुई तीन पटक पिउनाले पिसाब पोल्ने समस्या हट्छ । पिसाब राम्रोसँग खुलेर आउँछ ।

– त्यस्तै दुबोको कलिला पातलाई पिँधेर २–३ थोपाको दरले नाकमा राख्नाले नाथ्री फुटेमा आराम मिल्छ । साथै नाकबाट रगत आउन छोड्छ ।

– चार चम्चा दुबोको रसमा मिस्री मिलाई पिउनाले छाती पोलेको ठिक हुन्छ ।

– काटेर रगत बगिरहेको घाउमा केही मात्रामा दुबोका पातलाई मसिनो गरी पिसेर लेप लगाउँदा घाउबाट रगत बग्न छोड्छ । घाउ चाँडै निको हुन्छ ।

– दुबोका कलिला पातलाई मेथीसँग मिलाएर पिसेर पिलो आएको ठाउँ वरिपरि लगाउनाले ठिक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?