मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘कलर अफ टी’लाई नोप्स युरोपबाट सहयोग

काठमाडौँ – नेपाल उत्पीडित जातीय समाज (नोप्स) युरोपले छुवाछूत न्यूनीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले छोटो चलचित्र ‘कलर अफ टी’लाई आर्थिक सहयोग गरेको छ।

लेखक पत्रकार राज सरगमको लेखन तथा निर्देशनमा तयार हुन लागेको जातीय छुवाछूतविरुद्ध जनचेतनामूलक छोटो चलचित्र कलर अफ टी (चाइ के रङ) निर्माणका लागि नोप्सले एक लाख सहयोग गरेको हो।

‘पहाडी भेगभन्दा पनि विभेद तराईमा हुँदै आएको छ। जातकै कारण धेरै दलित युवा पलायन हुनु परेको छ भने कतिपयले ज्यान पनि गुमाउनु परेको छ। यस्तो अवस्थामा जनचेतनामूलक भिडियोले समाजमा सकारात्मक प्रभाव पार्ने भएकोले कलर अफ टीलाई नोप्सले सहयोग गरेको हो,’ नोप्सका अध्यक्ष अर्जुन सुनारले भने।

सन् २०१० देखि यस संस्थाले आधिकारिक रूपमा दलितका सवालमा वकालत गर्दै आएको छ। नोप्स युरोप युरोपवासी प्रवासी दलितको शसक्त संस्था हो, जसले दलित समुदायको हितमा काम गर्दै आएको छ।

नेपालमा हुने जातीय विभेद वा मानव अधिकार विरुद्धका घटनाको संवैधानिक प्रतिवाद गर्ने वा त्यस विरुद्ध हने संघर्षमा संस्थागत सहभागिता तथा सामाजिक सुधार, सचेतना अभियानको नेतृत्व पनि गर्दै आइरहेको छ।

कपिल भण्डारीको मुख्य व्यवस्थापन तथा परीक्षित मिडिया क्रियशनको निर्माणमा तयार हुन लागेको शर्ट फिल्मलाई नेपालमा रहेका विभिन्न संघसस्थाको पनि सहयोग रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?