काठमाडौँ – विश्व सङ्गीतको सर्वोच्च अवार्ड मानिने ग्रामीमा पहिलो चरणमा प्रस्तुति दिने पर्फमरको नाम सार्वजनिक भएको छ ।
आयोजना हुन अब केही साता मात्र बाँकी रहेको ६६ औं संस्करणमा विश्व संगीतका स्टारहरु दुआ लिपा, बिल्ली एलिस र ओलिभिया रोड्रिगोले प्रस्तुति दिने भएका हुन । उनीहरू अघिल्लो संस्करणको ग्रामीका विजेता समेत हुन् ।
आफूलाई प्रमाणित गरिसकेका उनीहरू यो पल्ट पनि विभिन्न विधामा मनाेनयनमा परेका छन् ।
जसमध्ये बिली एलिस यसवर्ष कूल ६ वटा विधामा यो वर्षको ग्रामी अवार्डको मनोनयनमा छिन् भने अर्की गायिका ओलिभिया रोड्रिगो पनि ६ वटा विधामै मनोनीत छिन् ।
त्यस्तै दुआ लिपा चाहिँ वर्ष गीत र सङ फर द भिजुअल मिडिया गरी दुई विधामा मनोनीत छिन् ।
ग्रामी अवार्ड ४ फेब्रुअरीमा अमेरिकाको लसएन्जलसमा आयोजना हुँदै छ । यो कार्यक्रमलाई सीबीएस टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ भने ओटीटी प्लाटफर्म प्यारामाउण्ट प्लसले स्ट्रिमिङ गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया