काठमाडौँ – नेपालमा साउथ एसियन ट्राभल अवार्डस् ‘साटा’ आयोजना हुने भएको छ। आज सोमबार काठमाडौंको प्रदर्शनिमार्गमा अवस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा पत्रकार सम्मेलन गरेर आयोजकले सोही अवार्ड प्रतियोगिताबारे जानकारी गराएको हो ।
साटाले साउथ एसिया क्षेत्रभरी आतिथ्य क्षेत्रमा उत्कृष्टतालाई मनाउँदै र सम्मान गर्दै आइरहेको छ। सन् २०२४ का लागि भने यो कार्यक्रम नेपालमा गर्न लागिएको हो।
पर्यटन बोर्ड र होटल संघको सहयोगमा आगामी साउन ४ ‘जुलाई १९’ मा काठमाडौंको मल्ल होटलमा अवार्ड कार्यक्रम आयोजना हुने संघका अध्यक्ष विनायक शाहले बताए। साथै असोज ४ मा अलफ्ट होटलमा अर्को चरणको कार्यक्रम हुनेछ।
साटाले आठौं संस्करण गर्न लागेको हो। जसले दक्षिण एसियाली आतिथ्यतामा उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिँदै आएको छ।
कार्यक्रमले आतिथ्य उत्कृष्टताको शिखर प्रदर्शन गर्दै दक्षिण एसियाली होस्टिङमा उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिने र पुरस्कृत गर्नेछ।
साटाको अघिल्ला संस्करणहरू माउन्ट ल्याभिनिया, अड्डु सिटी, मुम्बई, गाले सिटी, माले एटोल, र बेंगलुरुमा आयोजना गरिएको थियो। कोभिडमा भने भर्चुअल कार्यक्रम गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया