धनगढी – गणेश नेपालीको गजलसंग्रह एकलव्यभित्र रहेको शीर्ष गजलमा कैलालीको अत्तरियाका युवा व्यवसायीसमेत रहेका गायक जोस अनुजले स्वर दिएका छन्।
मान्छेका असन्तुष्टि, स्वार्थ, देखासिकी, आत्ममुग्धता, अहङ्कारी, स्वभाव र प्रवृतिमाथी गरिएको शब्द सिर्जनामा स्वर दिएका गायक जोसले गीतको म्युजिक भिडियो पनि तयार गरेका छन्। जसमा गायक स्वयमले अभिनय गरेका छन्।
म्युजिक भिडियोमा धनगढी, डडेल्धुरा भीमदत्त पन्त लोकमार्गको मध्यबिन्दु, सुन्दर प्राकृतिक छटाले सुशोभित बुडर झरना, सुन्दर मनमोहक हरियाली र ग्रामीण जनजीवनलाई कैद गरिएको छ।
गीतमा संगीत स्वयम् जोस, एरेन्जर मनिष घर्तीमगर, रेकर्डिङ र मिक्सिङ एसएम भिडियो, क्यामेरा पिआर जोशी, पोस्ट प्रोडक्सन बीएसजी पिक्चर्स, एफटी जोस र जहित बुढाको रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया