मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वर्षाका कारण रारा विमानस्थलको हवाई सेवा  चार दिनदेखि अवरुद्ध

मुगु– हिमाली जिल्ला मुगुमा वर्षाका कारण चार दिनदेखि हवाई सेवा अवरुद्ध  भएको छ । 

यही कारण जुम्ला र हुम्लामा उडान ठप्प छ भने विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा मर्कामा परेका छन्।

आज पनि मौसमका कारण उडान हुने सम्भावना न्यून छ भने मुगुदेखि नेपालगन्ज, सुर्खेत, काठमाडौँतर्फ जाने यात्रु र नेपालगन्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिएका छन्। 

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटक रारा विमानस्थलबाट हवाई यात्रा गर्ने गर्दछन्। यो विमानस्थलमा निजी तथा सरकारी स्वामित्वको विमानले दैनिक तीन–चार उडान भर्दै आएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाले जनाएको छ।

हवाई सेवा अवरुद्ध भएपछि यात्रु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?