महिनावारीको समयमा कपडा प्रयोग गर्ने प्रचलन शताब्दी देखीकै हो । तर अहिले पछिल्लो समय नयाँ–नयाँ विधिहरू बजारमा आइरहेका छन् । यस मध्यको एक हो महिनावारी कप । यो एक आधुनिक विधि हो । विशेषगरी पछिल्ला पुस्ता अर्थात् गृहणी,स्कुल कलेज अध्ययन गर्ने टिनेजर्सहरुलाई लक्षित गर्दै यो महिनावारी कप बजारमा भित्रिएको थियो ।
तर पछिल्लो पुस्ताले यसलाई प्रयोग गर्न झन्झटिलो मानिरहेका छन् । कतिपय भने यो कसरी प्रयोग गर्ने भन्ने विधिमै निकै अन्योलपूर्ण छन् । योनी भित्रै प्रयोग गर्नुपर्ने भएकाले धेरैको मनमा डर र भय पनि धेरै छ ।
के हो महिनावारी कप ?
यो महिलाहरु महिनावारी हुँदा योनीभित्र राखेर प्रयोग गर्न मिल्ने सानो कप सेपमा बनेको महिनावारी कप हो । यो मूख्यगरी सिलोकन बाट बनाइएको हुन्छ । र अहिले भने रबरको र डिस्पोजेबल कप पनि बजारमा आइसकेको छ । यो लगातार १२ घण्टा सम्म राख्न मिल्छ ।
तर अर्को कुरा रक्तस्राव कत्तिको हुन्छ भन्ने कुरामा पनि भर पर्छ । कसैलाई त्यो कप भरिन २४ घण्टा लाग्न सक्छ भने कसै कसैलाई अत्यधिक रक्तस्राव हुने हुन्छ र १२ घण्टाको समय नपुग्दै यो कप भरिन पनि सक्छ । तर निरन्तर १२ घण्टासम्म प्रयोग गर्न मिल्ने गरी बनाइएको हुन्छ । महिनावारी कप तपाईँले राम्ररी सफा गरेर उपयुक्त ढङ्गले प्रयोग गर्नुभयो भने १० वर्ष सम्म प्रयोग गर्न मिल्छ ।
महिनावारी कप सम्बन्धी भ्रमहरू
–पहिलो भनेको यो कप योनिभित्र राखेर प्रयोग गर्नुपर्ने भएकाले योनिभित्रै अड्किन्छ
–अर्को भनेको यो कप प्रयोग गर्दा महिलाहरूको प्रजनन स्वास्थ्य अर्थात् सन्तान नहुने समस्या हुन्छ ।
यसको प्रयोग कसरी गर्ने ?
कपको माथिल्लो भागलाई सी आकारमा पट्याएर बिस्तारै योनीभित्र पठाउनुपर्छ । भित्र पसेपछि त्यो आफै खुल्छ । सही तरीकाले महिनावारी कप प्रयोग गर्न जानेमा बाहिरबाट देखिँदैन र रगत पनि चुहिँदैन ।
निकाल्नका लागि सबैभन्दा पहिला कपको तलको भागमा दुई वटा औँलाले च्यापेर बिस्तारै तल तान्नुपर्छ । तान्ने बेला जबरजस्ती गर्नुहुँदैन । यस्तो कप सकेसम्म घरमा नै निकाल्नु उपयुक्त हुन्छ । किनभने निकालेपछि राम्ररी धुने, पखाल्ने गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया