काठमाडौँ – जापान सरकारले आफ्ना सबै प्रणालीहरूमा फ्लपी डिस्क प्रयोग गर्न बन्द गरेको छ ।
जापान सरकारले विगत दुई दशकदेखि यसको प्रयोग गर्दै आएपनि कर्मचारीतन्त्रले भने यसको प्रतिबन्ध लगाउन पहल गरिरहेको थियो ।
जसलाई कार्यान्वयमा लगेको सरकारले गत महिना आफ्ना सबै १०३४ नियामक निकायहरूमा डिसकोर्ड प्रयोग गर्न बन्द गरेको जनाएको छ ।
यो निर्णयलाई जापानका डिजिटल मन्त्री तारो कोनोले त फ्लपी डिस्कविरुद्धको युद्ध जितेको कै संज्ञा दिएका छन् । उनले विशेष गरी सरकारी प्रणालीमा फ्याक्स मेसिन र एनालग प्रविधिको प्रयोगको विरुद्धमा आवाज उठाइरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया