मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बेलायतमा सुनकको बिदाइ निश्चित, लेबर पार्टी सत्तामा फर्किँदै

काठमाडौँ – बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनको परिणाम आउने क्रम शुरु भएको छ । 

यस निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको भए पनि सर्वेक्षणले लेबर पार्टीले बहुमत ल्याउने देखाएका छन् । 

सर्वेक्षणहरूले ६५० संसदीय सिट मध्ये लेबर पार्टीले ४ सय भन्दा बढी जित्ने अनुमान गरेका छन् । 

त्यस्तै प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टीले केवल १३० सिट जित्ने अनुमान गरेका छन् । यदि सर्वेक्षण सही साबित भयो भने, कन्जरभेटिभ प्रधानमन्त्री ऋषि सुनकको १८ महिनाको कार्यकाल समाप्त हुनेछ र बेलायतमा सत्ता संचालनको जिम्मेवारी १४ वर्षमा पहिलो पटक लेबर पार्टीले देशको जिम्मेवारी लिनेछन् । लेबर पार्टीबाट केयर स्टारर प्रधानमन्त्री बन्ने छन् । 

बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभले शासन गर्दै आएका छन् । यद्यपि, यी वर्षहरू राजनीतिक र आर्थिक परिप्रेक्ष्यमा उथलपुथलले भरिएका छन् र पछिल्लो आठ वर्षमा बेलायतमा पाँच कन्जरभेटिभ प्रधानमन्त्री बनेका छन्।

२०२० मा, केयर स्टारर लेबर पार्टीको अध्यक्षमा निर्वाचित भए । तर, स्टारमर अध्यक्ष बनेपछि पार्टीले ८५ वर्षमा सबैभन्दा नराम्रो हार बेहोरेको थियो । 

उनले तत्कालै पार्टीलाई पुनः विजयी बनाउने आफ्नो मिशन घोषणा गरे । लेबर पार्टीलाई बेलायती राजनीतिको केन्द्रमा फर्काउने र मतदातालाई फराकिलो अपील गर्ने स्टारमरको प्रयास सफल भएको देखिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?