मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सोह्रखुट्टेमा भासियो सडक

काठमाडौँ – काठमाडौँको सोह्रखुट्टेमा सडक भासिएको छ । 

बुधवार बिहान करिब ५: ३० बजे ठुलो आवाजका साथ सडक भासिएर पानी निस्किएको छ ।

बुधवार बिहान काठमाडौँ महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा ११ फिट गहिरो थियो र सो खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो । 

बिहानै परेको खाल्डोमा मोटरसाइकल खसेको छ भने चालक सकुशल रहेको प्रहरीले जनाएको छ । बाइकलाई क्रेनको मद्दतले बाहिर निकालिएको छ ।

जुद्ध समसेरको पालामा गाडिएको खानेपानीको पाइपबाट पानी आएको आशङ्का गरिए पनि पानी बन्द गर्दा समेत उक्त खाल्डोबाट पानी आउन बन्द भएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?