मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हेक्लाङका अग्निपीडित ६ परिवारलाई प्रवासी नेपालीको सहयोग

रामपुर ‘पाल्पा’ – पूर्वखोला गाउँपालिका–६ हेक्लाङका अग्निपीडित छ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् ।

हङकङमा रहेका नेपालीले हङकङ मगर सङ्घ र पाल्पा श्रीनगर समाजले रु दुई लाख ३० हजार नगद सङ्कलन गरेर पीडितलाई प्रदान गरेका हुन् । दुवै संस्थाले अग्निपीडित परिवारलाई राहतस्वरुप उक्त रकम लत्ताकपडा उपलब्ध गराएका हुन् ।

गत वैशाखामा भएको आगलागीबाट हेक्लाङ खुमडाँडाका छ वटा घर नष्ट थिए । आगो जङ्गलबाट फैलिएको हो । दातृ संस्थाकी पदाधिकारी, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्यको उपस्थितिमा आज नगद र लत्ताकपडा प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?