काठमाडौँ – कसरत गरिसकेपछि र वर्कआउट गर्नुअघि कतिपय मानिसहरूले गल्ती गर्छन्, जसको परिणाम उनीहरूले पछि भोग्नुपर्छ।
राम्रो स्वास्थ्यको लागि कसरत र व्यायाम गर्नु साँच्चै राम्रो कुरा हो। हरेक बिहान वर्कआउट गर्नाले शरीर स्वस्थ रहन्छ र धेरै रोगहरू टाढा रहन्छन्। तर वर्कआउट गरिसकेपछि र वर्कआउट गर्नुअघि कतिपय मानिसहरु गल्ती गर्छन्, जसको परिणाम उनीहरुले पछि भोग्नुपर्ने हुन्छ ।
कसरत गर्नु भन्दा पहिले भारी खाना खानु हुँदैन ग्यास्ट्रिक समस्या र निद्रा लाग्न सक्छ। जसका कारण तपाई चोटको सिकार पनि बन्न सक्नुहुन्छ ।
कसरत अघि धेरै क्याफिन सेवन गर्नु हुँदैन। कतिपय मानिस चिया र कफी पिएपछि कसरत गर्न जान्छन्, जुन गलत हो । यदि तपाई धेरै क्याफिन पिए पछि कसरत गर्नुहुन्छ भने, तपाईको मुटुको गति बढ्छ र निर्जलीकरण पनि हुन सक्छ।
वार्मअप नगरी कसरत गर्दा पनि तपाईको मांसपेशीमा चोट लाग्न सक्छ। त्यसैले कसरत गर्नुअघि छोटो वार्मअप गर्नुपर्छ। यसले तपाईको कार्यसम्पादनमा सुधार ल्याउनुका साथै शरीरलाई शक्ति प्रदान गर्छ ।
पानी नपिई कसरत गर्नु हुँदैन । पानी पिएपछि तुरुन्तै कसरत नगर्नुहोस्, तर पानी पिएपछि आधा घन्टापछि कसरत गर्नुपर्छ। यसो गर्दा तपाईको शरीरमा पानीको कमी हुने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया