काठमाडौँ– चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफ्नो कार्यकालमा चलचित्रलाई प्रविधिमैत्री बनाउँदै गरेको दावी गरेका छन् । आइताबार नेपाल चलचित्र बोर्डको २४ औ बार्षिकोत्सवमा उनले यस्तो बताएका हुन् ।
उनले चलचित्रलाई प्रविधिमैत्री बनाउनका लागि चलचित्रकर्मीहरूको क्युआर कोड निर्माण, वाकीटकीको प्रयोग, सञ्चार तथा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको बताए । चलचित्र छायाङ्कन स्टुडियो निर्माण प्रक्रिया अघि बढेको, चलचित्रकर्मीहरूको अभिलेख राख्ने कार्य सुरु र बक्स अफिस प्रणालीको स्तरोन्नतिको कार्य गरेको उनको दावी छ ।
यसैगरी आगामी आर्थिक वर्षमा चलचित्र क्षेत्रले स्विकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिबद्धता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया