मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् पुरुषले विवाहअघि युवतीसँग बोल्ने झुट

कुनै पनि युवतीलाई आफ्नो प्रेममा पार्नका लागि वा विवाहको लागि राजी गर्न युवाहरूले झुटको सहारा लिने गरेका छन् ।

युवतीलाई इम्प्रेस पार्नका लागि युवाहरूका यस्ता झुटलाई थाहा पाउन वा पत्ता लगाउन सहज भने हुँदैन । हुन त विवाह भन्दा अगाडि वा कसैलाई पनि आफूसँग नजिक ल्याउन युवतीहरूले पनि धेरै कुरामा झुटको सहारा लिने गरेका हुन्छन् ।

आज हामी यहाँ युवाले युवतीलाई इम्प्रेसनमा पार्न प्रयाग गर्ने केही झुट यहाँ उल्लेख गर्दै छौँ ।

– तिमी जतिको राम्री मलाई अरू कोही लागेको छैन । 

– योभन्दा अगाडि मेरो कुनै अफेयर छैन । (युवाको जतिसुकै अफेयरहरु चलिरहेको भए पनि उसले नयाँ सम्बन्धका लागि यस्तो बताउने गर्छ ।)

– विवाह पछि म रक्सी, चुरोट केही पिउँदिन । (विवाह अघि चुरोट, रक्सी पिउनेहरूले विवाह गरेपछि आफू यस्तो लतहरूलाई चटक्कै छोड्ने प्रतिबद्धता व्यक्त गर्छन् तर वास्तविकतामा त्यस्तो नहुन सक्छ ।)

– विवाहमा म तिम्रो परिवारलाई दुख दिन्न । माइतीबाट तिमीले केही पनि ल्याउनु पर्दैन ।

– तिम्रो बुबा आमा मेरो पनि त आमा बुवा हो नि (यसो भन्दै युवतीको दिल जित्न खोज्ने कम हुँदैनन् । तर विवाह पछि भने उनीहरूले यो सम्बन्धलाई पहिले भनेजस्तो बनाउन खोज्दैनन् ।)

– विवाहपछि म तिमीलाई पूर्णरुपमा समय दिन्छु । (यसो भन्ने युवाहरूले विवाहको केही समयपछि नै पत्नीलाई भन्दा साथी भाइ र अन्य कुराहरुलाई बढी समय दिन थाल्नेछन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?