मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गीत ‘न मैंले लेखें, न उनले लेखिन’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीत ‘न मैंले लेखें, न उनले लेखिन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मानस केसीको शब्द र हिमाल सागरको आवाजमा रहेको सो गीत शनिबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक भएको हो ।

निकेश खड्काले निर्देशन सो गीतमा गायक हिमाल सागरलाई नायिका केकी अधिकारीले साथ दिएकी छिन् । भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने भिडियोको सम्पादन साहिल खानले गरेका छन् ।

भिडियो सार्वजनिक पछि सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै नायिका अधिकारीले असार १५ अर्थात् दही चिउरा खाने दिनमा म्युजिक भिडियो सार्वजनिक गर्न पाउँदा खुसी लागेको भन्दै दही चिउराले शुभ संकेत लिएर आउनेमा विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?