मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लसुनको अत्यधिक सेवनले हुनसक्छ यस्ता साइड इफेक्ट

काठमाडौँ – लसुन हाम्रो किचनमा सजिलै उपलब्ध हुन्छ । विशेष रुपमा यसको प्रयोग खानाको स्वाद बढाउन गरिन्छ ।

यसले रक्तचापलाई कम गर्न, कोलेस्ट्रोलको स्तरलाई घटाउन, कार्डियोभास्कुलर स्वास्थ्यमा सुधार गर्न र क्यान्सरलाई रोक्न सहयोग गर्छ ।

लसुनमा भिटामिन, आइरन, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्त्वहरू पाइन्छ, जसले धेरै स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ। तर, लसुनको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। 

– यदि तपाईँ आफ्नो खानामा लसुनको बढी प्रयोग गर्नुहुन्छ भने यसको अर्थ तपाईँले आफ्नो शरीरमा थप क्यालोरी जोडिरहनु भएको छ । यसले तौल बढ्ने सम्भावना अत्यधिक हुन्छ ।

– काँचो लसुनमा एन्टिअक्सिडेन्ट पाइने हुनाले कलेजोमा विषाक्त पदार्थ जम्मा हुनसक्छ र यसका कारण कलेजोमा विषाक्तताको समस्या हुन सक्छ। त्यसैले लसुनको अत्यधिक सेवनबाट बच्नुपर्छ।

– लसुनले तपाईँको रक्त नलीलाई फैलाउने काम गर्न सक्छ । अर्थात्, घाउ लाग्दा वा शल्यक्रिया गर्दा तपाईँको रगत अरूको भन्दा धेरै बग्छ । त्यसकारण घाउ ठिक नभएसम्म लसुन खानबाट बच्नुहोस् ।

– खाली पेटमा लसुन खाँदा पेट फुल्ने, ग्यास, बान्ता, पखाला र पेट फुल्ने जस्ता समस्या हुन सक्छ। तसर्थ, यदि तपाईँ पाचन समस्याबाट पीडित हुनुहुन्छ भने, तपाईँले लसुनको अधिक सेवन गर्न हुँदैन ।

– लसुनलाई चमत्कारिक जडीबुटीको रूपमा मानिन्छ तर यसको अत्यधिक सेवन तपाईँको सासमा दुर्गन्ध फैलाउन सक्छ । यहाँसम्म कि यसको सानो टुक्राले पनि तेज गन्ध निम्त्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?